TANLUKWA

News
Home
Literature
News
About Me
Favorite Links
Contact Me

SAMACHAR

बुढासुब्बा गोल्डकप हेइ हेइको कब्जामा
नेपालको प्रतिष्ठित बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको हङकङ संस्करणमा हर्ेइ हर्ेइ फुटबल क्लवले हिमालयन फुटबल क्लवलाई ट्राइ ब्रेकरमा १ गोलका विरुद्ध २ गोलले पराजित गर्दै पहिलो हङकङ बुढासुब्बा गोल्डकप हात पारेको छ । अक्टोवर ११ र १२ तारिखका दिन कौलुन पार्कमा लिग कम नकआउट प्रणालिका आधारमा सम्पन्न भएको उक्त सेभेन-ए साइड दर्ुइ दिवसीय प्रतियोगितामा ११ वटा नेपाली फुटबल क्लवहरुले सहभागिता जनाएका थिए । चार ओटा समूहमा विभाजन गरी खेलाइएको पहिलो दिन लिग चरणका खेलहरु सम्पन्न भएका थिए भने दोश्रो दिन फाइनल लगायत नक आउट चरणका सम्पर्ूण्ा खेलहरु खेलाइएको थियो । कडा प्रतिस्पर्धा भएको फाइनल खेलमा विजयी बनेको हर्ेइ हर्ेइ फुटबल क्लवलाई कप सहित सात हजार हङकङ डलर नगद पुरस्कार प्रदान गरिएको थियो । उता उप विजेता हिमालयन फुटबल क्लवको भागमा भने चार हजार हङकङ डलर एवं ट्रफी परेको थियो । उक्त नगद पुरस्कार अहिलेसम्मकै नेपाली समुदायमा सम्पन्न खेलकुदमा अत्याधिक रहेको आयोजकहरुले दावी गरेका छन् । फाइनल खेलमा उत्कृष्ट खेल पर््रदर्शन गर्ने विजेता टिमका खेलाडी हिमाल घलेलाई म्यान अफ द म्याच घोषणा गरिएको थियो । प्रतियोगिताभर उत्कृष्ट खेल पर््रदर्शन गर्ने थ्रि स्टार क्लव नेपालका भूपू खेलाडी तथा न्यू डायमण्ड फुटबल क्लवका नरेन्द्र लिम्बूलाई बेष्ट प्लेयर घोषणा गरिएको थियो । साथै प्रतियोगिता अवधिभर र्सवाधिक ५ गोल गर्ने हिमालयन क्लवका खेलाडी दिपक आले रहेका थिए । चौविसे फुटबल क्लव, आइल्याण्डर फुटबल क्लव र नेप्लिज फुटबल क्लवले लिग चरण पार गर्न असफल भएका थिए । नक आउट चरण अर्थात क्वाटर फाइनलका लागि आठ टिमले प्रतिस्पर्धा गर्ने अवसर पाएकोमा सेमी फाइनलसम्मको यात्रा भने हिमालय फुटबल क्लव, चुम्लुङ फुटबल क्लव, न्यू डायमण्ड फुटबल क्लव र हर्ेइ हर्ेइ फुटबल क्लवले मात्र पाएका थिए । ती क्लवहरु मध्ये हिमालयन फुटबल क्लवले एभरेष्ट फुटबल क्लवलाई, चुम्लुङ फुटबल क्लवले आर्सर्ेेक फुटबल क्लवलाई, न्यू डायमण्ड फुटबल क्लवले धरान फुटबल क्लव निलोलाई र हर्ेइ हर्ेइ फुटबल क्लवले धरान फुटबल क्लव रातो टिमलाई पराजित गरेको थियो । फाइनलमा प्रवेश पाएको हिमालयन फुटबल क्लवले चुम्लुङ फुटबल क्लवको सामना गर्नु परेको थियो । रोमाञ्चक प्रतिस्पर्धामा हिमालयनले चुम्लुङलाई २-० ले पराजित गरी फाइनलका लागि आफ्नो स्थान सुनिश्चित पारेको थियो । उता हर्ेइ हर्ेइले हङकङका नेपालीहरुमाझ चर्चित रहेको न्यू डायमण्ड फुटबल क्लवलाई १-० ले पराजित गर्दै फाइनलका लागि आफ्नो सुखद यात्रा तय गरेको थियो । फाइनलमा पुग्न सफल हर्ेइ हर्ेइ र हिमालयन बीचको खेल निर्धारित समयमा गोल हुन नसकी बराबरी भएकाले समय थप गरिएको थियो । थप गरिएको समयमा पनि दुवै तर्फाट कुनै गोल हुन नसकेकाले निर्ण्र्ााा निम्ति टर््राई ब्रेकरको सहारा लिनु परेको थियो । ट्राइब्रेकरमा हिमालयन फुटबल क्लवका दिपेन आलेले गरेको प्रहार मात्र सदुपयोग भएको थियो । हिमाल घले र सोहेन्द्र लिम्बूको प्रहारले जालि चुमे पछि नतिजा हर्ेइ हर्ेइको पक्षमा गएको थियो । प्रत्येक टिमले तीन तीन प्रहार गर्ने मौका प्राप्त गरेका थिए । धरान फुटबल क्लव, धरानको सहयोग र द नेप्लिज युथ अर्गनाइजेशन हङकङको आयोजनामा सम्पन्न उक्त प्रतियोगिताको उदघाटन समारोह अर्गनाइजेशनका अध्यक्ष बलराम र्राई र्सर्केसको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा एन्फाका केन्द्रीय उपाध्यक्ष एवं धरान फुटबल क्लवका अध्यक्ष किशोर र्राई प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । उक्त उद्घाटन समारोहमा र्राईले नेपाली फुटबल विकासमा हङकङमा रहेका नपाली फुटबल खेलाडीहरुले खेल्न सक्ने भूमिकाका बारेमा बोल्नु भएको थियो । धरान फुटबल क्लवका कोषाध्यक्ष एवं सुनसरी जिल्ला फुटबल संघका सचिव गोविन्द र्राई, हङकङ नेपाली महासंघका उपाध्यक्ष अविचन्द्र इङनाम, हङकङ नेपाली पाठ्यक्रम विकास परिषद्का अध्यक्ष एक राज र्राई, राखेपका भूपू सदस्य विनोद र्राई, विशेष अतिथि रहनु भएको डीएबी पार्टर्ीी उपमहासचिव एवं अल्पसंख्यक जातीय समितिका उपाध्यक्ष प्रोफेसर एम वाई वोङ चो, डीएबी पार्टर्ीी टोनी ली, हुङ च वा, बेन्नी युङ लगायतका व्यक्तिहरु अतिथिको रुपमा रहनु भएको थियो । उपाध्यक्ष सन्त र्राईले स्वागत मन्तब्य व्यक्त गर्नु भएको सो कार्यक्रममा अविचन्द्र इङनाम, एकराज र्राई, प्रोफेसर एम वाई वोङचो ले पनि शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको अन्तमा अर्थात दोश्रो दिन प्रमुख अतिथि एवं युथका पदाधिकारीहरुले पुरस्कार तथा पदकहरु वितरण गरेका थिए । प्रतियोगिता नियमीत रुपमा आगामी वर्षरुमा समेत संचालन हुने अयोजकहरुको भनाई रहेको छ ।

10.jpg

Infotainment