Now Playing: Preeti and Harish
हरीश र प्रीतिले घन्काए हङकङ
गायक हरीश माथेमा, प्रीति कौर एवम् स्थानीय नेपाली ब्यान्डहरूले गत असोज ३० गते हङकङको कउलुनपार्क साह्रै व्यस्त र पृथक् बनाए। नेपाली गीतसंगीतले त्यहा?को वातावरण पूरै नेपालीमय बन्यो। हरीश र प्रीतिको प्रस्तुतिले नेपाली तथा विदेशी मूलका दर्शकलाई समेत मज्जाले नचाइरहेको दृश्य हर्ेनलायक थियो। प्रायः नेपालीहरूको जमघट भइरहने कउलुन पार्कको पियाजामा कर्न्र्सट मैदानमा सम्पन्न दशैं सांगीतिक उत्सव कार्यक्रममा हङकङका चर्चित स्थानीय कलाकारहरूबाट समेत विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो। खुला मैदानमा सुलभ टिकटदरमा सम्पन्न सो कार्यक्रममा हरीशले आप्ः्ना १ दर्जनभन्दा बढी चर्चित गीत प्रस्तुत गरेका थिए। प्रीतिले पनि आप्ः्ना चर्चित गीतका साथमा अंग्रेजी गीतसमेत प्रस्तुत गरेकी थिइन्। आइतबारको बिदाको दिनलाई सदुपयोग गर्न कार्यक्रममा भेला भएका सबै पुस्ताका नेपालीमाझ हरीश र प्रीति आप्ः्नो छुट्टै स्थान बनाउन सफल भए। स्थानीय कलाकार राजु गुरुङले समेत हरीशलाई गीत प्रस्तुत गर्न सहयोग गरेका थिए। पुरुष दर्शकहरूको तुलनामा महिला दर्शकको उपस्थिति अत्यधिक देखिएको सो कार्यक्रममा हङकङका नेपाली युवाहरूको आधा दर्जनभन्दा बढी ब्यान्डको सहभागिताले कार्यक्रममा थप रौनकता छाएको थियो।
उनीहरूले पनि नेपाली तथा अंगे्रजी गीत प्रस्तुत गरेका थिए। इस्ट लाइफ, अनमोल, म्याड साइट, कापा, एन्जललगायतका ब्यान्डहरूमा नेपाली तथा चाइनिज गायक कलाकारहरूको सहभागिता थियो। अनिशा लिम्बू, तनुजा गुरुङ, जमुना गुरुङ, अनु गुरुङ, रञ्जिता तुलाधरले कार्यक्रममा नेपाली तथा हिन्दी गीतहरूमा नृत्य प्रस्तुत गरी कार्यक्रमलाई विविधता दि?दै दर्शकहरूलाई रोमाञ्चकता प्रदान गरेका थिए। द नेप्लिज युथ अर्गनाइजेसन हङकङको आयोजनामा सम्पन्न उक्त दशंै रमझम सांगीतिक कार्यक्रममा दीपेन्द्रमान सिंह, राजु लामा, राजेश खड्गीलगायतका कलाकारसमेत हरीश र प्रीतिका साथमा हङकङ आएका थिए। प्रतिव्यक्ति ३० डलर प्रवेशशुल्क लिइएको सो कार्यक्रममा ३ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको कार्यक्रम संयोजक प्रदीप थापाले नेपाल समाचारपत्रलाई बताए।
Personal DevrajRai
Posted by tanlukwa
at 5:31 PM JST
Updated: Wednesday, 19 October 2005 6:38 PM JST