Now Playing: Anisha limbu
समाजसेवामा 2360;मर्पित हुन चाहन्छिन् अनिषा लिम्बू
उमेरले १८ वर्षमात्र पुगेकी अनिषा लिम्बू हङकङको नेपाली समाजमा हुने विभिन्न गतिविधिहरुमा प्रत्यक्ष सहभागिता जनाइरहेको देख्न पाइन्छ । आफ्नो उमेरका औसत युवाहरु भन्दा अगाडि रहेकी उनलाई, ट्यालेण्ट हण्ट प्रतियोगितामा हासिल गरेको फस्ट रनरअपको उपाधिले, र्सार्वजनिक रुपमा परिचित बनाउन ठूलो सहयोग मिलेको छ ।
मिस ट्यालेण्ट फस्ट रनरअपको ताज पहिरिन सफल भएपछिका दिनहरुमा पत्रपत्रिकाहरुमा समेत राम्ररी छाएकी उनी आफूले पाएको सफलतासंगै मानिसहरुसंगको चिनजानमा बृद्धि भएकोले आफ्नो दैनिकीमा केही व्यस्तता आएको स्वीकार गर्छिन्, तर जीवनशैलीमा परिवर्तन नआएको उनको दावी रहेको छ । प्राय नेपाली गीत(संगीत समेटिएका साँस्कृतिक कार्यक्रमहरुको स्टेजहरुमा उनलाई जमुना गुरुङको साथमा नृत्यमा रमाइरहेको देख्न पाइन्छ ।
सन् १९८७ सेप्टेम्बर १८ तारिखका दिन धरानको चौकीबारीमा बाबा सोनाम कुमार लिम्बू र आमा शिला लिम्बूका दर्ुइ सन्तान मध्ये कान्छी छोरीको रुपमा जन्मिएकी अनिषाको एक दाजु छन् । एसोन कलेजबाट बिजनेस स्टडिजमा र्फम सिक्सको पर्ढाई समाप्त गरी र्फम सेभेनको पढाइलाई बीचैमा थाती राखेर फेशन डिजाइनिङ अध्ययन गरिरहेकी उनले र्फम वानदेखि र्फम फाइभसम्मको पर्ढाई डेलिया हिप वोबाट पूरा गरेकी छिन् । नेपालमा प्राथमिक तहको पर्ढाई मेरीगोल्ड बोर्डिङ स्कुल धरानबाट पूरा गरी उनी हङकङ आएकी हुन् ।
अनिषाले केही समय दक्षिण एशियाली अल्पसंख्यकहरुका लागि कार्यरत क्यारिटास नामक गैर सरकारी संस्थामा युवाहरुका लागि काम गरेको अनुभव संगालेकी कारण भविष्यमा पनि समाजसेवालाई निरन्तरता दिदै सामाजिक कार्यकर्ताको रुपमा समाजसेवी बन्ने लक्ष्य लिएकी छिन् । आफूमा भएको दक्षता देखाउनु पर्छ भन्ने विचार मनमा राखेकी कारण उनले उल्लेख्य प्रगति पनि गरिसकेकी छिन् ।
मोडलिङमा नलाग्ने सोचाईमा रहेकी उनी फेशन डिजाइनिङलाई पूरा गरी र्फम सेभेनलाई पूरा गर्न चाहन्छिन् ।
आत्म संतुष्टिका लागि कार्यक्रममा सहभागी हुदै आएको बताउने अनिषा 'नेप्ज टि्वन्स' नामक एक समूहको गठन गरी विभिन्न गतिविधिमा सक्रिय रुपमा लागेकी छिन् ।
अभिभावकहरुको सही मार्ग निर्देशनको अभावमा नेपाली युवाहरुले गलत बाटो अंगाली रहेको उनको ठहर छ । अभिभावकहरुले आफ्ना सन्तानहरुलाई समय र मार्गनिर्देश गर्न सकेमा नेपाली युवाहरुले हङकङमा समेत स्थापित भई नाम र प्रतिष्ठा कमाउने कुरामा उनी विश्वस्त छिन् । युवाहरुले र्फम फाइभ मात्र उत्तिर्ण्र्ाार्न सकेमा अवसरहरु प्रशस्त पाउन सकिने भएकाले युवाहरुलाई पर्ढाईमा ध्यान दिन र अभिभावकलाई अवश्यक समय उपलब्ध गराउन अनुरोध गर्छिन् उनी ।
tanlukwaDevraj Rai
Posted by tanlukwa
at 11:21 AM EDT
Updated: Tuesday, 18 October 2005 11:34 AM EDT